आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भोली सभामुखको हातबाट गोकर्णेश्वर नगरपालिका जगडोलमा लायन्स आइसोलेशन सेन्टर उद्घाटन हुने

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार २१:३६ मा प्रकाशित (३ साल अघि) ६७३ पाठक संख्या

असोज १७, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ ए१ बाट गोकर्णेश्वर नगरपालिका जगडोलमा निर्माण भएको आइसोलेशन भोली उद्घाटन हुने भएको छ । भोली सभामुख अग्नि प्रसाद सापकोटाबाट लायन्स आइसोलेशन सेन्टरको उद्घाटन हुनेछ ।

काठमाडौंमा कोठा भाडामा बसी आइशोलेशनमा बस्न समस्या हुनेहरुलाई लक्षित गरी ५० शैयाको सेन्टरको स्थापना गरिएको हो ।

सभामुख अग्नि प्रसाद सापकोटाबाट भोलि आइतबार दिनको १२।३० बजे सेन्टरको उद्घाटन हुन गइरहेकोले जीएमटी डिस्टिक कोअर्डिनेटर धर्म शरण श्रेष्ठले बताए ।