आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,१७७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार १८:२४ मा प्रकाशित (३ साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या देशभरको आधा भन्दा धेरै भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १ सय ९ जनासहित उपत्यकामा १ हजार १ सय ७७ जनामा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।