आज: १२ कार्तिक २०७७, बुधबार | Wed, 28, Oct, 2020

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अस्पताल लगियो

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार १५:५० मा प्रकाशित (३ हफ्ता अघि) ११२ पाठक संख्या

काठमाडौं – कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।

ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।
यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।