आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भागबन्डा मिलेपछि विश्वविद्यालयले पायो उपकुलपति

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार ०७:४० मा प्रकाशित (३ साल अघि) १०२० पाठक संख्या

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवानिकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

राजनीतिक दल र नेताहरुबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ नमिलेका कारण एक वर्षसम्म ती विश्वविद्यालय उपकुलपतिविहीन बने । स्वार्थ मिलेपछि आइतबार मात्र तीन विश्वविद्यालयका उपकुलपति नियुक्त गरिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलिनिकट यादव लामिछाने, कषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवानिकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । संस्कृत विश्वविद्यालयमा नियुक्त भएका लामिछाने प्रगतिशील प्राध्यापक संगठनका अध्यक्षसमेत हुन् । नागरिक दैनिकबाट