आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरीको पहलमा ३०३ घर परिवारलाई खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार ०९:२८ मा प्रकाशित (३ साल अघि) ११९६ पाठक संख्या

काठमाडौं / नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य,  युवा नेता तथा समाज सेवी बिमल ठकुरीको पहल, चुची फाउन्डेसनको सहयोगमा विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका पीडितका लागि राहत वितरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको  बालुवा , नयापाटी  ,कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास र आलापोट गरि ओख्रेनी माध्यमिक विद्यालयको प्राङ्गणमा ३०३ घर परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो । राहतमा २५ kg,१० kg पिठो,सास्थिबुन,तेल,दाल लगायत अत्यावश्यक खाद्यान्न रहेको थियो।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा १ का अध्यक्ष  राम मान्धर , कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदर्शन धिमाल,गोकर्णेश्वर नगरपालिका ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ,समाज सेवी एबम लायन्स क्लब का पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी, समाज सेवी कृष्ण चालिसे , गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्युमण चौलागाईं , चु चि फाउन्डेसनका स्वयं सेवक संजय अवाल लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि खाद्यान्न सामाग्री वितरण गरिएको थिए।