आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सांसद राईद्धारा गोकर्णेश्वर -८ पिपल बस्तीमा सामुदायिक भवन शिलान्यास

गोकर्णेश्वर खबर१० आश्विन २०७७, शनिबार १९:५९ मा प्रकाशित (३ साल अघि) ६९४ पाठक संख्या

काठमाडौं ,असोज १०/ गोकर्णेश्वर नगरपालिका – ८  स्थित पिपल बस्तीमा स्थानीय पूर्वाधार विकास  साझेदारी कार्यक्रम मार्फत ३५ लाख रुपैयाँ लागतमा बन्ने सामुदायिक भवनको शनिबार  शिलान्यास गरिएको छ ।

प्रतिनिधि सभा सदस्य कृष्ण राईले  भवन शिलान्यास गरेका हुन् ।

 

आर्थिक वर्ष २०७७/७८ मा भवनको पहिलो तल्ला निर्माण निर्माण सम्पन्न गरि आव २०७८/७९ मा दोश्रो र तेश्रो तल्ला निर्माण गर्ने योजना रहेको छ ।

कार्यक्रममा जिसस काठमाडौंकी सदस्य सान्नानी लामा , गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगाना , वडा नं ८ का सदस्यहरु नन्दलाल श्रेष्ठ र डम्बर बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

 

पिपल वस्ती भौतिक पूर्वाधार तथा उपभोक्ता समितिका अध्यक्ष दावा तामांगको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रमको संचालन राजकुमार श्रेष्ठले गरेका थिए।