आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौंको बौद्धबाट ४ जना रक्तचन्दन कारोबारी पक्राउ

गोकर्णेश्वर खबर६ आश्विन २०७७, मंगलवार ०९:३० मा प्रकाशित (३ साल अघि) ५५९ पाठक संख्या

File Photo

काठमाडौं । प्रतिबन्धित बनस्पति रक्तचन्दनको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गएराति महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गरेको अरपेशनमा चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरूले डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गाउँ पालिका घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ।

आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।