आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौंमा बढ्दो कोरोना संक्रमण : महानगरका कुन क्षेत्रमा कति संक्रमित ? (सूचीसहित)

गोकर्णेश्वर खबर६ आश्विन २०७७, मंगलवार ०६:१२ मा प्रकाशित (३ साल अघि) १०३६ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । उपत्यकाका सबै स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका सबैभन्दा प्रभावित भएको छ ।

काठमाडौं महानगरमा मात्रै अहिलेसम्म झण्डै ७ हजार कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये ५५ जनाको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३ महाराजगञ्जमा अहिलेसम्म ४ सय ८ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै वडा नं. ११ त्रिपुरेश्वर र आसपासको क्षेत्रमा ४ सय २ जनामा कोरोना संक्रमण भएको महानगरपालिकाले जनाएको छ ।

महागरको वडा नं. १३ कालिमाटीमा ३ सय ६९, वडा नं. १४ कलंकी र आसपासको क्षेत्रमा ३ सय २७, वडा नं. १५ स्यम्भूमा सबैभन्दा धेरै ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नं. १६ सोस्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ४६ जना कोरोना संक्रमित फेला परेका छन् ।

काठमाडौं महानगरमा ३ सय भन्दा धेरै संक्रमित हुने अन्य ठाउँमा वडा नं. २८ पुरानो बसपार्क क्षेत्रमा ३ सय ४९ जना र वडा नं. ३२ कोटेश्वर तथा आसपासको क्षेत्रमा ३ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । महानगरमा फेला परेका ४ स्य २२ संक्रमित फेला पर्न सकेका छैनन् ।

काठमाडौं महानगरपालिकाभित्र अहिलेसम्म कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गइसकेको छ । २ हजार ९ सय ३ जना संक्रमित निको भएर फर्किएका छन् ।

कुन वडामा कति ?