आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बौद्ध जोरपाटी युवा एकता समाजद्धारा गोकर्णेश्वर वडा ६ को कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर५ आश्विन २०७७, सोमबार १०:१३ मा प्रकाशित (३ साल अघि) ९०४ पाठक संख्या

काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै  बौद्ध – जोरपाटी युवा एकता समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार  गोकर्णेश्वर नगरपालिका  वडा ६ को कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा ३८ पिन्ट रगत संकलन भएको जोरपाटी युवा एकता समाजकी अध्यक्ष सन्जिता लामाले जनकारी दिनु भएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा सदस्य नवराज लामा,जगन्नाथ ढकाल ,समाजसेवी याङ्जी लामा तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

 

 

रेडक्रस सोसाइटीको प्राबिधिक सहयोग  संचलान गरिएको सो रक्तदान कार्यक्रममा जुस पानीको व्यवस्थापन समाजसेवी याङ्जी लामा तामाङले गर्नु भएको छ ।