आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ संक्रमित थपिए

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार १६:४८ मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वषर्ीया महिला तथा ८२ वर्षका पुरुषको मृच्यु भएको छ ।

ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।