आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा थपिए १३२५ कोरोना संक्रमित, थप १० जनाको मृत्यु

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार १६:३७ मा प्रकाशित (३ साल अघि) २३८ पाठक संख्या

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।