आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सोमबारदेखि आन्तरिक उडान : नयाँ नियममा यात्रुले के-के गर्नुपर्छ ?

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार ०६:५२ मा प्रकाशित (३ साल अघि) २४८ पाठक संख्या

काठमाडौं । नेपालमा चैत ११ गतेदेखि बन्द भएको आन्तरिक हवाइ सेवा सोमबारदेखि नियमित हुने भएको छ । आन्तरिक यात्राका लागि नयाँ नियम बनाइएको छ ।

यात्रुले पालना गर्नुपर्ने नियमसहित छिट्टै नागरिक उडड्यन प्राधिकरणले सूचना जारी गर्ने तयारी छ । सिट प्लानिङमा कुनै पनि परिवर्तन नहुने भएपछि नयाँ नियम लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतले जनाएको छ ।

आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले बोडिङ पास लिनु भन्दा पहिले हेल्थ डिक्लेरेसन फर्म भरेर एयरलाइन्समा बुझाउनु पर्ने हुन्छ । मास्क अनिवार्य प्रयोग गर्नूपर्ने, विमानमा प्रवेश गर्ने र बाहिरिने समयमा भौतिक दूरी कामय गर्नुपर्छ ।

त्यस्तै विमानभित्र एयरलाइन्सले बनाएका आन्तरिक नियमको पालना गर्नुपर्नेछ । मास्क र भाइजरलाई ठिक ढंगले लगानुपर्ने हुन्छ । अर्को व्यक्तिलाई छुने वा कसैको सामाग्री चलाउने गर्न पाइने छैन ।

विमानस्थलमा पनि भिड बढ्न नदिनका लागि मौसम, प्राविधिक वा अन्य कुनै कारणले ढिलो हुने भएमा एयरलाइन्सले यात्रुलाई एसएमएस गरेर पूर्व सूचना दिनुपर्ने, उडान तालिका सार्वजनिक गर्नूपर्नेलगायतका नियम पनि परिवर्तन गरिएको छ ।

अहिले निश्चित क्षेत्रमा उडान गर्ने एयरलाइन्सले अक्टोबर १ देखि भने बजारको आवश्यकता अनुसार उडान तथा अवतरणको तालिका बनाउन पाउने छन् ।