आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मासिक १०० अभियान नेपाल सहित विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा गोकर्णेश्वर २ नयाँपाटीमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार २२:३० मा प्रकाशित (३ साल अघि) ६६७ पाठक संख्या

आवस्यक मापदण्डका साथ सावधानि अपनाएर गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी चोकमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस महामारिको समयमा रगतको अभाव हुन नदिने प्रयास हामि सबैले गर्नु पर्छ भन्ने सोचले “मासिक १०० अभियान नेपाल​”ले ह​रेक श​निवार सन्चालन ग​र्दै आएको रक्तदान कार्यक्रममा आज​ मासिक १०० अभियान ले “रोट​रि क्ल​ब अफ राज​धानि” , “न​याँपाटि स​ह​कारि” न​याँपाटि युबा स​मुह​सङ्ग हातेमालो ग​रेर​ कार्य​क्र​म स​म्प​न्न​ गरेको छ । जसमा ३६ प्रिन्ट  रगत संकलन भएको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले जनकारी दिनु भएको हो ।

“न​याँपाटि स​ह​कारि” का अध्यक्ष बिज​य​ कुमार श्रेष्ठ तथा सम्पुर्ण टिम एवम राज​धानि रोट​रिका राजेन्द्र​ श्रेष्ठ तथा सम्पुर्ण टिमलाइ , १०० अभियानका सदस्यहरुलाई बिषेश धन्यवाद दिनु भएको छ ।