आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

श्री नव यूवा नेवाः संघद्धारा माहांकल भैरव मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार २०:२९ मा प्रकाशित (३ साल अघि) ७१० पाठक संख्या

काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै “श्री नव युवा नेवा: संघ”ले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार  गोकर्णेश्वर नगरपालिका  वडा ८ माहांकल भैरव मन्दिर प्रांगणमामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा ४१ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख श्री सन्तोष चालिसे ,नगर प्रवक्ता तथा वडा न ८ का अध्यक्ष म​नोज ढुङ्गाना, सल्लाहकार दिपक रिसाल, वडा न ८ का वडा सदस्य  नन्दलाल श्रेष्ठ , डम्बर श्रेष्ठ, महाँकाल भैरव संरक्षण संस्थाका अध्यक्ष श्रीचन्द्र श्रेष्ठ लगयतको उपस्थिति रहेको थियो ।