आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ललितपुरमा कोरोना संक्रमणबाट ४ को मृत्यु

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार १७:५६ मा प्रकाशित (३ साल अघि) ३८४ पाठक संख्या

ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा थप चार जना मृत्यु भएको छ । ललितपुरमा रहेको पाटन अस्पताल र मेघा अस्पतालमा थप चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरकाअनुसार मृत्यु हुनेमा पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीया महिलाको मृत्यु भएको हो ।