आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार १७:२४ मा प्रकाशित (३ साल अघि) ३४६ पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकामा ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी ५७० जनामा कोभिढ १९ संक्रमण पुष्टि भएको छ। यस्तै, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै काठमाडौं उपत्यकामा १५ हजार ८४९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १३ हजार १४ जना, ललितपुरमा १ हजार ४८४ जना र भक्तपुरमा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको ५।

काठमाडौंपछि सबैभन्दा बढी संक्रमित बारामा देखिएको छ। बारामा १११ जनामा संक्रमण पुष्टि भएको छ।

४८ जिल्लामा थपिए नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ४८ जिल्लामा कोभिड-१९ का संक्रमित फेला परेका छन्। देशभरका प्रयोगशालामा भएका १० हजार ३३३ नमुना परीक्षण गर्दा बागमती प्रदेशमा मात्र ७७८ जनामा संक्रमणपुष्टि भएको छ। जुन कुल संक्रमितको ६४.६१ प्रतिशत हो।

त्यस्तै प्रदेश २ का आठै जिल्लामा १६४ जना जसमध्ये बारामा १११ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ का ५ जिल्लामा ६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकीका ७ जिल्लामा ७७जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश ५ मा ९ जिल्लामा ६३ जनामा, सुदुर पश्चिम प्रदेशका ५ जिल्लामा  ३७जना र कर्णालीका २ जिल्लामा ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।