आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर ३ सुन्ताखानमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार ०७:५४ मा प्रकाशित (३ साल अघि) ५८७ पाठक संख्या

काठमाडौँ, “सामाजिक दुरी कायम गरि सुरक्षित तरिकाले रक्तदान गरौ ‘ तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छौ” भन्ने मूल नाराको साथमा कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूहको  रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ।

असोज १ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित देबी बाल सुधार माबीको प्राङ्गणमामा आवश्यक  स्वास्थ्य सुरक्षा  मापदण्ड अपनाई सुरक्षित तवरले बिहान ८ बजे देखि रेड क्रसको प्राबिधिक सहयोग  संचलान गरिएको सो रक्तदान कार्यक्रममा  ४१ जनाले रक्तदान गरेको आयोजकले कपन अनलाइनलाइ जानकारी गराए ।

 प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदान सुरुवात गरौ’ आव्हानका  साथ प्रथम पटक गरिएको सो रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ३ का स्वयं सेवक, सम्मुनत जालपादेवी युवा क्लब स्वतन्त्र टोल सुधार समिती,जलदेवी पन्चायन कृषि सहकारी महिला समूह लगायतको सहयोग रहेको थियो ।कार्यक्रममा समाजसेवी जनक गिरिले स्वास्थ्य सुरक्षाका समाग्री मास्क, ग्लोब्स र स्यानीटाइजर  सहयोग गरेका थिए भने रक्तदाताहरुको लागि लायन रामेश्वर बिष्टले जुस सहयोग गरेको आयोजकले जानकारी गराएको छ।

सो कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,गोकर्णेश्वर नेकपा नगर अध्यक्ष उद्दब बिष्ट लगायतको उपस्थिति रहेको थियो ।