आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७७, शनिबार ०७:४० मा प्रकाशित (३ साल अघि) ८२३ पाठक संख्या

देश कोरोनाको कहरका पिल्सीरहेको छ । सरकार र सम्बन्धित निकाय कोराना संक्रमण न्यूनिकरण तथा रोकथामको लागी दत्तचित्त भएर लागिपरेको छ । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकासहित देशभर बढ्दो क्रममा रहेको छ । स्वर्गीय जननेता मदन भण्डारीको आर्दशलाई आत्मसात गर्दै उनका आर्दशलाई जीवन्त र अझ प्रभावकारी बनाउनुका साथै सामाजिक क्रियाकलापहरुमा अग्रसर रहँदै आएको मदन भण्डारी फाउन्डेसनले देशभरका कमिटीहरुलाई क्रियाशिल गराउँदै यो बिषम पस्थिीतीको मध्यनजर गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।

यसैबीच मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले पनि असोज २ बृहत रक्तदानको कार्यक्रम सम्पन्न गरेको छ ।

 

महानगर कमिटीले असोज २ गते (शुत्रबार) काठमाडौं बौद्धस्थीत कुशल पार्टी प्यालेसमा रक्तदान कार्यक्रममा आयोजना गरेको मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटी अध्यक्ष टिका पराजुलीले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम बिहान ९ बजेदेखी ११ बजेसम्म ४८ जनाले रक्त दान गरे। उनले सबै रक्त दाता र उपस्थितहरुलाई धन्यवाद दिदै जननेता मदन भण्डारीले परिकल्पना गरेको समाजवाद सबै नेपाली कम्युनिष्टहरुको दायित्व भएको बताए ।

अध्यक्ष पराजुलीले भने ‘कोरोना महामारीकै कारण देशभर रगत आपूर्तीमा कमी आएको छ ।कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर छट्पटीनु नपरोस भन्ने ध्ययेका साथ केही हदसम्म भएपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने ठानरै रक्तदान कार्यक्रमलाई जोड दिएका हौं ।’

 

सरकारले तोकेको मापदण्ड र परिधिमा रहेर स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गर्दै रक्तदान कार्यक्रमलाई व्यवस्थीत पारिने अध्यक्ष पराजुलीको भनाई थियो ।

 

‘रक्तदान जीवन दान’ भएको उल्लेख गर्दै फाउन्डेसनका महानगर सचिवालय सदस्य विकास चालिसेले हाम्रो एक पोका रगतले कसैको जीवन बच्छ भने यस्तो कार्यमा सम्पूर्ण रक्तदाता सहभागी भई सहयोग गरिदिन आग्रह गरे । उनले विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व अझ बिशेष रहने समेत बताए । ‘कोरोना कहरका कारणबीच देशभर रगतको अभाव भएको छ । आज हामीले कसैको नयाँ जीवनको लागी रक्तदान गरौं’ उनले भने ‘भोली हामीहरुलाई समस्या पर्दा अन्य रक्तदाताले सहयोग गरेरै हाम्रो जीवन बच्ने हो।

 

कार्यक्रमको औपचारिक उत्घाटन संघिय सांसद एवं नेपाल कम्युनिष्ट पार्टीका नेकपा केन्द्रीय सदस्य कृष्ण राईले गरेका थिए भने अध्यक्षता काठमाडौँ महानगर कमिटिका अध्यक्ष टिका पराजुलीले गरेका थिए। कार्यक्रममा संघिय सांसद सरिता न्यौपाने, नेकपा काठमाडौँ जिल्ला सदस्य रामशरण ढुंगाना, जिल्ला सदस्य बिरेन्द्र लामा , बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामा लगायतका उपस्थिति रहेको थियो।