आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमितको संख्या ५९,५७३ पुग्यो : पछिल्लो २४ घन्टामा १,२४३ जनामा संक्रमण

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार १६:४२ मा प्रकाशित (३ साल अघि) २९३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् भने ३ सय ८३ जनाको ज्यान गएको छ ।