आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कतारबाट १३८ यात्रु लिएर उड्यो नेपाल एयरलाइन्स

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार १६:२१ मा प्रकाशित (३ साल अघि) ३३६ पाठक संख्या

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिलासहित १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाइ गर्न दूतावासका कर्मचारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, नेपाल एयरलाइन्सले सेप्टेम्बर २२, २४ र २५ तारिखका लगि पनि उडान तय भएको दूतावासले जनाएको छ ।