आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार ०९:५७ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ ।

बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।

यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत तथा संवैधानिक निकायका रिक्त पदाधिकारीको पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ ।