आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले गरे प्रर्दशन

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार ०९:३९ मा प्रकाशित (३ साल अघि) १६७ पाठक संख्या

काठमाडौं । पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशनमा उत्रेका छन् ।

बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै । प्रर्दशनमा उत्रेका हुन । प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर पारेको छ।

योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ।