आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा भाद्र ३१ गते सम्ममा २७४ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार ०८:२७ मा प्रकाशित (३ साल अघि) ३७३ पाठक संख्या

काठमाडौँ, असोज १ । गोकर्णेश्वर नगरपालिकाले भाद्र ३१ गते सम्म २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जस अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा १५४ जना पुरुष र १२० जना महिला १२० गरि कुल २७४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरीएको छ भने हाल सम्म ८४ जना पुरुष र ४९ जना महिला गरि कुल १३३ जना कोरोना जितेर फर्किएको जनाएको छ।  नगरपालिकामा १ जनाको कोरोना बाट मृत्यु भएको  समेत उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकामा सक्रिय कोरोना संक्रमित संख्या ७३ पुरुष र ६७ महिला गरि कुल १४० जना रहेको जनाएको छ।  त्यस्तै होम आइसोलेसनमा ६२ जना पुरुष र ५५ जना महिला गरि कुल ११७ जना रहेको जनाएको छ।

अस्पतालको आइसोलेसनमा ११ जना पुरुष र १२ जना महिला गरि कुल २३ जना रहेको मा ४ जना पुरुष र १ जना महिला गरि कुल ५ जना क्रिटिकल केयरमा रहेको  उल्लेख गरेको छ ।त्यस्तै नगरपालिकाले  हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरेको मा हाल आर डीटि परिक्षण बन्द गरिएको जनाएको छ । नगरपालिकाले हाल सम्म ६७२ जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पी सी आर परिक्षण गरेको र ११२९ जनाको कन्ट्याक्ट ट्रेसिंग गर्दा ६३ जना पुरुष र ५० जना महिला गरि कुल ११३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ ।