आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा पछिल्लो २४ घण्टामा १५३९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार १७:२५ मा प्रकाशित (३ साल अघि) ४५६ पाठक संख्या

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण यस्तो छ

घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या३७९ पुगेको छ ।

यसैगरी मन्त्रालयका अनुसार हालसम्म मुलुकका ८ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला

काठमाडौं
भक्तपुर
चितवन
मकवानपुर
सर्लाही
रुपन्देही
सुनसरी
सिरहा

यसैगरी हालसम्म ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण मुक्त ६ जिल्लाहरु

सोलुखुम्बु
म्याग्दी
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु