आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

बौद्ध, जोरपाटीमा निस्कियो कुलमानको समर्थनमा जुलुस, प्रम ओली सरकारविरुद्ध चर्को नारावाजी

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार १०:३१ मा प्रकाशित (३ साल अघि) १२६८ पाठक संख्या

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा जोरपाटीमा जुलुस निस्किएको छ।

बिहान ९ बजेदेखि जुलुस निस्किएको हो। जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्।

मुलुकमा लोडसेडिङ अन्त्य गरेको ‘क्रेडिट’ उनैलाई जान्छ। घिसिङलाई पुन: नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रुचाएनन्। त्यसैले जुलुसमा उत्रिएकाहरुले प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।

झन्डै ४ सय जना मानिस जुलुसमा सहभागी छन्।

Video : रिसाल बीर मनिल

आज कुलमान घिसिङ को पुर्ण निउक्त को माग समर्थन मा युवा हरु । गोकर्णेश्वर जोरपाटी

Posted by रिसाल बीर मनिल on Tuesday, September 15, 2020