आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा भाद्र ३० गते सम्ममा २६६ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०९:५३ मा प्रकाशित (३ साल अघि) ३३६ पाठक संख्या

काठमाडौँ, भाद्र ३१ । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भाद्र ३० गते सम्मको कोरोनाको अवस्थाको बारेमा जानकारी गराएको छ ।

जस अन्तर्गत भाद्र ३० गते सम्म गोकर्णेश्वर नगरपालिका भित्र १५२ जना पुरुष र ११४ जना महिला गरि कुल २६६ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ भने ७८ जना पुरुष र ४७ जना महिला गरि १२५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । त्यसै गरि हाल सम्म नगरपालिका भित्र १ जनाको मात्र कोरोना बाट मृत्यु भएको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिका भित्र ७७ जना पुरुष र ६३ जना महिला गरि कुल १४० जना सक्रिय संक्रमित रहेको जसमा ६२ जना पुरुष र ५० जना महिला गरि कुल १४० जना होम आइसोलेसन र १५ जना पुरुष १३ जना महिला गरि कुल २८ जना अस्पतालको आइसोलेसनमा रहेको उल्लेख गरीएको छ । जसमा क्रिटिकल केयरमा ४ जना पुरुष र १ जना महिला गरि ५ जना रहेको जानकारी गराइएको छ ।

हाल सम्म नगरपालिकाले ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरेको हाल सो आर डी टि परिक्षण बन्द गरिएको जानकारी गराइएको छ।

त्यसैगरि हाल सम्म नगरपालिकाले ६७२ जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पि सी आर परिक्षण गरेको उल्लेख गरिएको छ। त्यस्तै गरि हाल सम्म ११०६ जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएकोजानकारी गराउदै त्यस मध्ये ६३ जना पुरुष र ४७ जना महिला गरि कुल ११० जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ ।