आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाका माप दण्ड अपनाउन आम नगर तथा वडाबासीमा अपिल- नगर प्रवक्ता मनोज कुमार ढुंगाना (गोकर्णेश्वर)

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०९:०८ मा प्रकाशित (३ साल अघि) ९४० पाठक संख्या

काठमाडौं, भाद्र ३१ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष  मनोज कुमार ढुंगानाले निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम बाट बच्न स्वास्थ्य सुरक्षाका माप दण्ड अपनाउन आम नगर तथा वडाबासी लाइ अपिल गरेका छन् ।

निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्। उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन  ।

उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै  यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले अनुरोध गरेका छन । उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न, संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।

सबै नगरवासीको सामुहिक पहलकदमी र एकीकृत प्रयासले मात्र कोरोना संक्रमणलाई रोक्न सकिने भन्दै नगर  प्रवक्ता ढुंगानाले कोरोना बाट त्रसित नभई सुरक्षित रहदै स्वास्थ्य माप दण्डलाइ पालना गर्न अनुरोध गरेका छन।