आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०५:४२ मा प्रकाशित (३ साल अघि) ३४५ पाठक संख्या

काठमाडौं। आज बिहानै भूकम्पको ठूलो झट्का महसुस भएको छ। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको कडा धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् । काठमाडौँ सहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का महसुस गर्नेबित्तिकै काठमाडौँ उपत्यकाका सबै क्षेत्रबाट स्थानीयहरुले भूकम्पको धक्का महसुस गरेको उल्लेख गर्दै ट्विटहरु गरेका छन्।