आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार १७:४५ मा प्रकाशित (३ साल अघि) २६१ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत २६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ब्यूरोका एक अधिकृतले २६ जनामा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित अधिकारीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

सीआईबीका अधिकारीको सर्वसाधारणसँग सीधै सम्पर्क नहुने भएकाले पनि कसरी संक्रमण फैलियो भन्नेबारे कन्ट्याक ट्रेसिङ र थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको हो ।