आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

उपत्यकामा आज ६७६ कोरोना संक्रमित थपिए,काठमाडौंका मात्रै ५५५ जना

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार १७:३३ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिला, ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना कारण आज ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३७१ पुगेको छ ।