आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आज थप १ हजार ६२ ले ‘जिते’ कोरोना,निको हुनको संख्या ४० हजार ६३८ पुग्यो

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार १७:१० मा प्रकाशित (३ साल अघि) १८३ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६० पुगेको थियो । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।