आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज थप १४५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५६ हजार ७८८ पुग्यो

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार १६:३७ मा प्रकाशित (३ साल अघि) १९२ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो ।

मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो ।