आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सामाजिक अभियन्ता तथा भिजन फर नेपालका सस्थापक अध्यक्ष मंगलदास श्रेष्ठलाइ कोरोना संक्रमण

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार ०९:०३ मा प्रकाशित (३ साल अघि) ६८१ पाठक संख्या

काठमाडौँ, भाद्र ३० । सामाजिक अभियन्ता तथा भिजन फर नेपालका सस्थापक अध्यक्ष मंगलदास श्रेष्ठलाइ कोरोना संक्रमण पुष्टि भएका छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशेमा जन्मिएका उनि हाल अमेरिका को न्युयोर्कमा बस्दै आएका छन्। विदेशमा रहे पनि नेपाल तथा बिदेशमा समेत सामाजिक क्षेत्रमामा सक्रिय रहेका उनि केहि हप्ता अगाडी बिरामी परेका थिए।
बिरामी परे संगै कोरोना जांच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको उनि आफैले सामाजिक संजाल मार्फत जानकारी दिएका छन । कोरोना संक्रमण पुष्टि भए संगै उनि न्युयोर्क सिटी हेल्थ डिपार्टमेन्टको परामर्श र निगरानीमा कोरोना सम्वन्धी स्वास्थ्यको नियम अनुसार आफ्नै निवासमा २ हप्ताको लागि होम क्वारेन्टाइनमा सुरक्षित संग वसिरहेको जानकारी गराएका छन् ।
आफुमा कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै श्रेष्ठले कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चाडै कोरोना जितेर सामाजिक काममा सक्रिय हुने उनले बताए ।
गोकर्णेश्वर युवा उपकरण क्लबको संस्थापक अध्यक्ष, जोरपाटी लायन्स क्लबको संस्थापक सदस्य, गोकर्णेश्वर लायन्स कलबको संस्थापक अध्यक्ष, स्वर्ण शिक्षा विद्यालय, गोकर्णेश्वर संस्थापक अध्यक्ष, भिजन फर नेपालका सस्थापक अध्यक्ष सहित बिभिन्न संघ सस्थामा सक्रिय भूमिका निभाई सकेका उनले विदेशमा रहे पनि नेपालको लागि विभिन्न सामाजिक कामको लागि सहयोग गर्दै आएका छन ।