आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

पूर्वमा १ सय ४ जनाद्धारा छालादान गर्ने घोषणा, के हो छालादान ?

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार ०७:३३ मा प्रकाशित (३ साल अघि) २३४ पाठक संख्या

इटहरी : पूर्वको विभिन्न ठाँउका १ सय ४ जना ब्यक्तिहरुले मृत्युपछि छाला दान गर्ने घोषणा गरेका छन् ।

लायन्स क्लव अफ इटहरी सिटीकी कृष्टिना थापाको पहलमा एक हप्ताकै अवधिमा १ सय ४ जनाले छाला दान गर्ने इच्छा जनाएका हुन् ।

मृत्युपछि छाती, पाखुरा, तिघ्रा, पिडुला र ढाडवाट पातलो झिल्ली निकाल्ने प्रकृया नै छालादान रहेको बताईएको छ ।

एउटा मानव शरीरबाट दान गरेको छालावाट गहिरो जलन भएका ३ देखि ४ जना विरामीको उपचारका लागि मद्दत गर्न सकिन्छ । तर, छालादान १६ बर्ष भन्दा मुनिका, एचंआईभि एड्स, हेपटाइटिस, छालाको रोग भएका, संक्रमण भएर मृत्यु भएका र कमलपित्त्त भएर मृत्यु भएका ब्यक्तिहरुले गर्न मिल्दैन ।

छालादान मानिसले आफ्नो मृत्युपछिका लागि ईच्छापत्रमा हस्ताक्षार गरेर तथा मृत्युपछि परिवारका सदस्यहरुको सहमतिमा, मृत्यु भएको ६ घण्टा भित्र र बर्फमा राखिएको शरीरमा २४ घण्टा भित्र छालादान गर्न सकिने थापाले बताईन् ।

नेपालमा विभिन्न कारणले जलन हुने विरामीको संख्या वढदै गएका कारण लायन्स क्लव आफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एआई नेपालले सन २०१८।१९ देखि छालादानलाई आफ्नो प्रमुख कार्यको रुपमा प्राथमितामा राखि अगाडि बढाएको छ ।

मृत्युपछि छालादान गर्न इच्छा हुने पूर्वी क्षेत्रका ब्यक्तिहरुले इच्छा भएमा लायन्स क्लव अफ इटहरी सिटिका अध्यक्ष लोकेन्द्र ढकाल ९४२१७६५२९ वा सदस्य कृष्टिना थापा ९०२७८२३३३ मा सम्पर्क गर्न सकिने क्लबले जनाएको छ ।