आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

जर्मन कपमा बोरूसिया डर्टमण्डको शानदार जीत

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार ०६:४४ मा प्रकाशित (३ साल अघि) ३४२ पाठक संख्या

एजेन्सी- जर्मन कपको पहिलो चरणको खेलमा बोरुसिया डर्टमण्डले शानदार जीत निकालेको छ ।

सोमबार राति भएको खेलमा डर्टमण्डले डुइसबर्गलाई ५–० ले हराएको छ।

डर्टमण्डको जीतमा जुड बेलिंगहमले डेब्यु गोल गरे । १७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आएका हुन् ।

जाडोन साञ्चोको पेनाल्टीमा गोलमा डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो । डर्टमण्डका लागि अन्य गोल इर्लिङ हाल्याण्ड, जियो रेना र मार्को रिउसले गरेका थिए ।