आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीका गाडी सञ्चालन गर्ने सरकारको निर्णय

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार २१:२४ मा प्रकाशित (३ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनदेखि बन्द भएका आन्तरिक उडान र लामो दूरीका यातायातका साधन असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दूरीका गाडी र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए ।

एक मन्त्रीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात असोज ५ गतेदेखि सुरू गर्ने निर्णय भएको छ । यसको मापदण्डको छलफल हुन्छ । अहिलेलाई खुलाउने भन्ने निर्णय भएको छ ।’