आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

इन्टरप्रेनर्स लाइन्स क्लबबाट बृद्धाश्रममा सहयोग

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १९:२२ मा प्रकाशित (३ साल अघि) ४१४ पाठक संख्या

काठमाडौं । नेपाल इन्टरप्रेनर्स लाइन्स क्लबले कोरोनाको कहरमा परेका बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् ।

अध्यक्ष झलक श्रेष्ठको नेतृत्वमा चन्द्रागिरी नगरपालिका ६ स्थित मातातिर्थ बृद्धाश्रम समितिमा खाद्यान्न सहयोग गरिएको हो ।

बृद्धाश्रममा रहेका बृद्धाहरुलाई खाना खुवाउनका लागि २५ हजार रुपैयाँ बराबरको दाल, चामल, तरकारी, तेल र जुस सहयोग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।