आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५१२ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १६:५५ मा प्रकाशित (३ साल अघि) २८५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घन्टामा ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जनासहित पछिल्लो २४ घन्टामा ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ६० जनाको ज्यान गएको छ ।