आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं उपत्यकामा ८ जनासहित पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १६:४३ मा प्रकाशित (३ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झन्झन् बढिरहेको छ । पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ६० जनाको ज्यान गएको छ ।