आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५५,३२९ पुग्यो : पछिल्लो २४ घन्टामा १,१७० जनामा संक्रमण

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १६:२८ मा प्रकाशित (३ साल अघि) २३२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ५५ जनाको ज्यान गएको छ ।