आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पिएसजीको लगातार दोस्रो हार

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार ०७:५२ मा प्रकाशित (३ साल अघि) २११ पाठक संख्या

२९ भदौ, काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले पराजित गरेको हो ।

फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो । खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले रातो कार्ड पाए । पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवी झगडामा सामेल भएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । परेडेस र बेनेडेट्टोले दोहोरो पहेँलो कार्ड पाएका थिए ।

त्यसपछि नेमार पनि त्यसमा समावेश भए र उनले रातो कार्डको सामना गरे । भिएआर कन्सल्ट पछि नेमारलाई रातो कार्ड देखाइएको थियो।

मैदान बाहिरिँदा नेमारले फोर्च अफिसियलसँग आफूलाई रेसिस्ट कमेन्ट भएको बताएका थिए ।

सन् १९८४-८५ पछि पिएसजीले पहिलो पटक लिगमा सुरुवाती दुई खेल हारेको हो ।