आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

इपिएल फुटबलमा एभर्टनको विजयी सुरुवात

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार ०७:२४ मा प्रकाशित (३ साल अघि) २०५ पाठक संख्या

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पहिलो खेलमै विजयी भएको छ ।

गएराति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै एभर्टन विजयी भएको हो ।

टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।

डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमाएको थियो । एभर्टनले टोटेनहमको पोस्टमा आधा दर्जन आक्रमण गरेको थियो ।

बल पोजिसनमा पकड जमाएको घरेलु टोलि पनि गोल गर्न चुकेको थियो ।

केही राम्रा अवसरहरुलाई टोटेनहमका फरवार्डहरुले सदुपयोग गर्न सकेनन् ।

यो जितसँगै एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।

टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।