आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा ११० जनाले कोरोना जिते

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार ०७:०८ मा प्रकाशित (३ साल अघि) ९९८ पाठक संख्या

काठमाडौँ, भाद्र २९  ।गोकर्णेश्वर नगरपालिका भित्र  भाद्र २७ गते सम्मको कोरोना संक्रमितको अवस्थाको बारेमा बिवरण सार्वजनिक गरेको छ । जसमा हाल सम्म १३५ पुरुष र १०७ जना महिला गरि २४२ जना संक्रमित रहेको जनाइएको छ । कुल संक्रमित मध्ये  ६६ पुरुष र ४४ जना महिला गरि कुल ११०जनाले कोरोना जितेर घर फर्किएको उल्लेख गरिएको छ । हाल सम्म गोकर्णेश्वर नगरपालिका भित्र १ जनाको मात्र कोरोना मृत्यु भएको  जनाइएको छ भने हाल सम्म ६९ जना पुरुष र ६३ जना महिला गरि कुल १३१ जना सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ ।

त्यसै गरि अहिले सम्म होम आइसोलेसनमा ५६ जना पुरुष र ५२ जना महिला गरि १०८ जना रहेको जनाइएको छ भने क्रिटिकल केयरमा २ जना पुरुष रहेको उल्लेख गरिएको छ।त्यस्तै हाल सम्म नगरपालिकाले ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डीटि परिक्षण गरिएको र हाल आर डी टि  बन्द गरिएको जनाइएको छ भने  ५७१ पुरुष र ५१८ जना महिला गरि १०८९ जनाको पिसीआर परिक्षण गरेको उल्लेख गरिएको छ । नगरपालिकाले १०२९ जनाको कन्ट्याक्ट ट्रेसिंग गरेको र त्यस मध्ये ६० पुरुष र ४४ जना महिला गरि कुल १०४ जना कोरोना  संक्रमण पुष्टि भएको जनाइएको छ ।