आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सिन्धुपाल्चोक पहिरो : मृतक ११ को सनाखत, २० अझै बेपत्ता

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार २१:२१ मा प्रकाशित (३ साल अघि) २६२ पाठक संख्या

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएर ज्यान गुमाएका ११ जनाको सनाखत भएको छ । २० अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए ।

नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन् ।

त्यसैगरी पहिरोमा पुरिएर ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जनाको खोजी जारी रहेको छ ।

पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरी निरीक्षक न्यौपानले जानकारी दिए ।