आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

क्रिकेटर ललित भण्डारी मोटरसाईकल दुर्घटनामा

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार २१:११ मा प्रकाशित (३ साल अघि) २८२ पाठक संख्या

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा भण्डारी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

नगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् । कोरोना महामारीका कारण भण्डारी अहिले घरमै थिए । दुर्घटनामा शुक्लाफाटा नगरपालिका १० भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते घाइते भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् । ठक्कर दिने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय झलारीले जनाएको छ ।