आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

श्री नव यूवा नेवाः संघद्धारा माहांकल भैरव मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार २०:४१ मा प्रकाशित (३ साल अघि) ५३४ पाठक संख्या

२८ भाद्र  / काठमाडौं – श्री नव यूवा नेवाः संघद्धारा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै श्री नव यूवा नेवाः संघको आयोजनामा असोज ३ गते शरिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त  रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका  वडा ८ माहांकल भैरव मन्दिर प्रांगणमा विहान ८ बजे देखी ११ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको  आयोजकले  बताए ।

सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।