आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कोरोनाबाट काठमाडौंमा ६ जनासहित पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १६:५१ मा प्रकाशित (३ साल अघि) २८४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ जनासहित ९ जनाले ज्यान गुमाएका हुन् ।

हेर्नुस् सूची

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३९ जनासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३८ हजार ६ सय ९७ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।