आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १६:२६ मा प्रकाशित (३ साल अघि) २०१ पाठक संख्या

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।