आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं डाँफेले नारायणटारमा नियमित रक्तदान सम्पन्न

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १५:५२ मा प्रकाशित (३ साल अघि) ८४१ पाठक संख्या

काठमाडौँ, भाद्र २८ ।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान  सम्पन्न भएको छ ।

हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ डाँफेले रक्तदान जीवनदान, रक्तदान महादान ,रक्तदान पुण्यकाम भन्ने मूल नाराको साथमा भाद्र २७ गते शनिबार चामुण्डा माध्यमिक बिद्यालय परिसर नारायणटारमा  भक्तपुर रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गरेको सो रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं डाँफेका फर्स्ट भी पी लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराए।

 कोरोना महामारीका सरकारले लागु गरेको निषेधाज्ञाका कारण स्वास्थ्य संस्थाहरुमा रगतको अभाव बढ्दो क्रममा छ। रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै यो समयलाई सदुपयोग गर्ने सोचले सामाजिक दुरी कायम तथा सावधानी अपनाही सुरक्षित ढंगले संचालन गरिएको  रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

कोरोना भईरस (कोभिड–१९) को संक्रमणको जोखिमको बिषम परिस्थितिमा पनि मानविय सेवाको भावनाबाट उत्प्रेरित भई रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाइ  धन्यबाद दिएका छन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठपुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,  पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक कोर्डिनेटर लायन कुमार राज सुवेदी,  क्याबिनेट सेक्रेटरी  लायन बिमलकुमार  श्रेष्ठ . क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , माइ लायन/माइ एलसीआइ चिफ लायन रमेश लामा, ब्लड सर्भिस चिफ बिनोद कुमार श्रेष्ठ ,

जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा जी एम टि  लायन धर्म शरण श्रेष्ठ,   एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, लायन सुरेन्द्र प्रकाश बालाय, लायन महेश  आचार्य लायन संजय दाहाल, लायन  दिपक चापागाई  लायन्स क्लब अफ काठमाडौं डाँफेकि प्रेसिडेन्ट लायन पद्मा पुडासैनी लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको  थियो  ।

फोटो : सरोज बस्नेत