आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

बौद्ध नयाँवस्तीमा एक जना पुरुष खाजा पसलमा मृत अवस्थामा फेला

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १५:०९ मा प्रकाशित (३ साल अघि) १५०४ पाठक संख्या

भदौ २८, काठमाडौं । काठमाडौं बौद्ध नयाँवस्तीमा खाजा पसलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । खोटाङ सिम्देलका पाशाङ शेर्पा बौद्ध पाटिटार चोक नजिकको खाजा पसलमा मृत भेटिएका हुन् । बौद्ध आरुबारीमा बस्ने शेर्पा टेकिङ व्यवसायसँग जोडिएका उनका दिदि निमा शेर्पाले बताउनु भयो ।

राति मादक पदार्थ र खाजा खाएका उनले वान्ता गरेको र राती ११ बजे मृत्यु भईसकेपछि खाजा पसल संचालकले ट्याक्सिमा राख्दै गरेको क्रममा प्रहरीको गस्ति टोलिले घटनाबारे थाहा पाएको समाचार प्राप्त भएको छ । ट्याक्सि चालक र खाजा पसल सञ्चालकलाई बौद्ध प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।